नेताको आदेशमा प्रहरीको गोली,
अबोध निहत्था विद्यार्थी भोग्यो ज्यानको बोली
रगतले भिज्यो सडक र चोक,
आखिर के नै थियो त्यो बालकको दोषǁ1ǁ
जेनजेडको आवाज जरुरी छ,
परिवर्तनको पथमा
तर विध्वंस होइन् उपाय,
समृद्धि खोज्ने संघर्षमा ǁ२ǁ
जल्नुपर्ने त बेथिति भ्रष्टाचार थियो,
तर राष्ट्र जलीरहयो
देश बनाउन हिडेकाहरु,
आखिर देश सक्काएर गयोǁ३ǁ
नेताको घर बने आगोको चिहान,
सार्वजनिक सम्पत्ति भो खरानी समान
विद्यार्थीको रगत, युवाको बलिदान,
देशलाई चाहिएको थियो न्याय, शान्ति र सम्मान ǁ४ǁ
ऋणमा त डुबेकै थियो,
डगमगायो अर्थतन्त्र
रगत, आगो र आँशु मात्र पार्यो,
मानवताहिन लुटतन्त्र ǁ५ǁ
रगत उम्लिएको छ छातीमा,
नारा गुन्जन्छ सडक भरी
ऐतिहासिक सिंहदरबार जलायो घुसपेठ गरी ,
पाप तिमीलाई नलाग्ला भनुम म कसरीǁ६ǁ
(मेहता डोल्पा जिल्ला अस्पताल, डोल्पा फार्मेसी शाखा प्रमुख हुन् )