काठमाडौं - जेनजी आन्दोलनकारीको आगजनीमा गम्भीर घाइते भएकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार खान र बोल्न थालेकी छन्l
बिस्तारै उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टर निजिना ताम्राकारले बताइन्।
‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ, उपचार जारी छ, बिस्तारै खानेकुरा खान थाल्नुभएको छ, बोलचाल पनि गरिरहनुभएको छ ’, डा ताम्राकारले भनिन् , ‘ भेन्टिलेटरबाट निकालेर आइसियुमा उपचार जारी भएकोले खतरामुक्त भन्ने अवस्था चाहिँ होइन।’
चिकित्सकले उपचारको वातावरणमा समस्या आउन सक्ने भन्दै बाहिरी मान्छेलाई भनी भेटघाट गर्न नदिएको डाक्टर ताम्राकारले बताइन्।
डाक्टर ताम्राकारका अनुसार उनको शरीरको १५ प्रतिशत भाग चलेको हुनाले अझै पनि शल्यक्रियाको आवश्यकता छ।
जेनजी प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रदर्शनकारीहरूले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । घरबाट समयमै बाहिर निस्किन नसक्दा चित्रकार आगोमा जलेकी हुन् ।उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ।