काठमाडौं- सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो।
छानबिनका लागि तीन महिनाको समय तोकिएको आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्।
जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको छ। सयौं घाइते छन् र विभिन्न सरकारी तथा निजी सम्पत्तिमा आगजनी तथा लुटपाट भएको छ