बिराटनगर- बिराटनगरस्थित बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति भएको छ। सहमतिसँगै अस्पतालका सबै नियमित स्वास्थ्य सेवा पहिलेजस्तै सञ्चालनमा रहेको स्पष्ट गरिएको छ।
अस्पतालमा कार्यरत मेडिकल अफिसर टिमबाट सार्वजनिक पत्रमा भनिएको छ, 'हामीले ड्युटी समय र तलब तालिकासम्बन्धी वैध मागहरू व्यवस्थापन पक्षमा राखेका थियौं। व्यवस्थापनले ती मागहरूलाई सकारात्मक रूपमा लिएर तत्काल छलफलको पहल गरेको छ र दुवै पक्षबीच खुला र पारदर्शी वार्ता सम्पन्न भएको छ।'
अस्पतालका अनुसार, व्यवस्थापन र मानव संसाधन विभागले उठाइएका मागहरूको कार्यान्वयन प्रक्रिया सुरु गरिसकेको छ।
बी एण्ड सी अस्पतालले आफ्नो दैनिक आपतकालीन, बहिरंगर भर्ना सेवा नियमित रूपमा जारी रहेको बताइएको छ।
