काठमाडौं- आन्दोलनरत नर्सहरुका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा वार्ता जारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले नर्सका मुद्दालाई सम्बोधन यथाशक्य चाँडो गर्न मातहतका निकायलाई शुक्रबार स्पष्ट निर्देशन दिएकी थिइन्।
शुक्रबारको वार्तामा सहभागी एक प्रतानिधिका अनुसार मन्त्री डा शर्मा र निजी स्वास्थ्य संस्था सञ्चालकबीच सामान्य नोकझोक भएको थियो। नर्सका माग जायज रहेकाले त्यसलाई सम्बोधन गर्न मन्त्री डा शर्माले निर्देशन दिएपछि तलब स्केलको विषयमा थप छलफल गर्नेगरी शुक्रबार वार्ता स्थगित भएको थियो। निजी अस्पताल सञ्चालकले ३४ हजार ७ सय नभइ २५ हजार रुपैयाँसम्म दिन सकिने बताइरहेका छन्।
वार्तामा सहभागी एक नर्स लक्ष्मी रानाभाटका अनुसार धेरै मागहरुमा सहमति जुटेको छ। एउटा विषयमा छलफल जारी छ।
नर्सहरुको दुई महिनादेखि आन्दोलित छन्। सुरुमा मणिपाल मेडिकल कलेजका नर्सहरु आन्दोलित भएका थिए। त्यसपछि देशभरका सरकारी र निजी संस्थामा नर्सहरुले समेत साथ दिएका थिए।