हामीमध्ये प्रायः हरेकजना कहिल्यै न कहिल्यै टाउको दुखाइबाट पीडित हुन्छौं।
यो पीडा केही मिनेटदेखि धेरै दिनसम्म रहन सक्छ, र कहिलेकाहिँ हल्का, कहिलेकाहिँ चिलाउने, धड्किने वा सुई घोचेजस्तो पनि महसुस हुन सक्छ।
कतिपय अवस्थामा यो दुखाइ टाउकोबाट सरेर टाउकोको छाला, अनुहार वा घाँटीसम्म फैलिन सक्छ।
बीबीसीको व्हाट्स अप डक्स वेलनेस पोडकास्टका होस्ट डा. ज़ान्ड भान टुलकेनलाई पनि यस्तो अनुभव छ। उनलाई प्रायः हरेक महिना वा छ हप्तामा एकचोटि टाउको दुख्ने गर्छ। भन्छन्, 'यसरी दुख्छ, मानौं कसैले मेरो आँखामा ड्रिल चलाइरहेको हो।'
यस्तो खराब टाउको दुखाइ हुँदा गम्भीर कारण हुनसक्छ भन्ने डर स्वाभाविक हो, तर नेशनल माइग्रेन सेन्टर की विशेषज्ञ डा. केटी मुनरो भन्छिन्- यस्तो प्रायः गम्भीर समस्या होइन।
उनको भनाइमा, 'हामीलाई डर लाग्न सक्छ कि यो केही गम्भीर हो, तर वास्तवमा सम्भावना निकै कम हुन्छ।'
डा. मुनरो भन्छिन्, 'यदि यो तपाईंको 'पहिलो वा अहिलेसम्मको सबैभन्दा खराब टाउको दुखाइ' हो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ।'
तर, यदि टाउको दुखाइ हल्का र बारम्बार हुने खालको छ भने, घरमै केही सरल उपायहरू अपनाउन सकिन्छ र डाक्टरको सल्लाह पनि लिनुपर्छ।
१. तपाईंको दिनचर्यामा यसले कति असर गर्यो?
डा. जान्डका अनुसार, आफ्नै टाउको दुखाइ बुझ्न सक्नु निकै उपयोगी हुन्छ, किनभने यसको कारण प्रायः एउटै हुँदैन। त्यसका लागि एउटा डायरी राख्नु फाइदाजनक हुन्छ, जसले गर्दा तपाईंले ट्रिगर र ढाँचा (pattern) बुझ्न सक्नुहुन्छ।
कसैका लागि खराब मौसम, बिजुली चम्किनु वा उज्यालो प्रकाशले टाउको दुख्ने ट्रिगर गर्न सक्छ,
र अरूका लागि सूर्योदय वा झिलमिल प्रकाश नै कारण बन्न सक्छ।
डा. मुनरो भन्छिन्, “मेरो लागि सबैभन्दा खराब समय पतझडमा गाडी चलाउँदा हो, जब घाम रुखबीचबाट झिलमिल गर्छ — यसले टाउको झन् दुखाउँछ।”
ध्यान दिनुपर्ने कुरा:
- टाउको दुख्न थालेको बेला तपाईं के गर्दै हुनुहुन्थ्यो
- के खाएको वा पिएको थियौं
- कस्तो निद्रा पाउनुभयो
- मौसम कस्तो थियो
महिलाका लागि: महिनावारी चक्र पनि नोट गर्नुहोस्, किनभने हार्मोन परिवर्तनसँग पनि टाउको दुखाइ जोडिन सक्छ
तर, उनले चेतावनी दिन्छिन्, 'धेरै विवरण नलेख्नुहोस्। मैले सुरुमा धेरै विस्तारमा डायरी लेखें, जसले उल्टै निराशा ल्यायो। यसलाई सरल राख्नुहोस् र दिनको असरलाई १ देखि १० सम्म अंकमा लेख्नुहोस्।
सिर्फ खराब दिनहरू होइन, सामान्य दिनहरू पनि नोट गर्नुहोस्, यसले डाक्टरलाई ढाँचा बुझ्न मद्दत गर्छ।'
३. क्याफिनको नियन्त्रित प्रयोग गर्नुहोस्
धेरैले टाउको दुख्दा क्याफिन (जस्तै कफी) बाट टाढा रहनु पर्छ भन्ने सोच्दछन्, तर डा. मुनरो भन्छिन्, 'साँचो कुरा अलि फरक छ। नियन्त्रित मात्रामा क्याफिनले पेनकिलरको असर बढाउन सक्छ, यदि तपाईंले दैनिक अत्याधिक मात्रा नलिनुभएको हो ।
उनी भन्छिन्, 'क्याफिन एक सहायक एनाल्जेसिक हो, यसले पेनकिलरको प्रभावलाई बढाउँछ। तर दिउँसो वा बेलुका क्याफिन लिनुहोस् भने निद्रामा बाधा पुर्याउन सक्छ, त्यसैले त्यसबेला टार्नुहोस्।'
धेरै क्याफिन लिँदा क्याफिन ओभरयुज हेडेक हुन सक्छ र अचानक रोक्दा विथड्रल हेडेक पनि आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्।
३. खाना नछोड्नुहोस्
के र कहिले खानुहुन्छ भन्ने कुराले पनि टाउको दुखाइमा प्रभाव पार्न सक्छ।
डा. मुनरो भन्छिन्, 'प्रोटिन, स्वस्थ बोसो र जटिल कार्बोहाइड्रेटयुक्त सन्तुलित डाइट अपनाउनुहोस्, यसले ऊर्जाको स्तरलाई स्थिर राख्छ।' चिनी धेरै भएको स्न्याक्सबाट टाढा रहनुहोस् र खाना नछोड्नुहोस्- किनभने धेरैमा टाउको दुख्ने सामान्य ट्रिगर यही हुन्छ।
उनले डेरी र ग्लुटन नखाँदा आफूलाई राहत मिलेको बताइन् तर यो सबैका लागि जरुरी नभएको उनको भनाइ छ। 'मैले पत्ता लगाएँ कि नियमित खानु र लन्च साथमा लिएर जानु धेरै फाइदाजनक रह्यो,' उनी भन्छिन्।
त्यसैगरी उनी नियमित व्यायाम, राम्रो निद्रा, तनाव नियन्त्रण र पर्याप्त पानी पिउन सल्लाह दिन्छिन्। दिनभर मूत्रको रङ हल्का र सफा रहोस्, र प्यास लाग्ने महसुस नहोस् भन्ने स्तरसम्म पानी पिउनुहोस्।
४. कोडिनयुक्त पेनकिलरबाट बच्नुहोस्
डा. मुनरो भन्छिन्, 'कयौँ पेनकिलर वा मितली रोक्ने औषधि बिना प्रेस्क्रिप्सन उपलब्ध हुन्छन् र टाउको दुखाइमा राहत दिन सक्छन्।'
तर उनले चेतावनी दिन्छिन्, 'कोडिन भएका कुनै पनि औषधिबाट टाढा रहनुहोस्। किनभने यसले बारम्बार टाउको दुख्ने वा मितली जस्ता लक्षण बढाउने गर्छ।'
दुखाइ निवारक औषधि प्रभावकारी हुन सक्छ, तर कुन औषधि उपयुक्त हो भन्ने कुरा दुखाइको गम्भीरतामा निर्भर हुन्छ।
यदि टाउको बारम्बार वा धेरै दुख्छ भने, डाक्टरको सल्लाहमा उचित औषधि छनोट गर्नुहोस्। र, हप्तामा दुई दिनभन्दा बढी पेनकिलर नलिनुहोस्, किनभने औषधिको अत्यधिक प्रयोगले रीबाउन्ड हेडेक हुन सक्छ।
बीबीसीबाट