सप्तरी- राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक डा. दिलिप साहमाथि आक्रमण भएको छ।
अस्पतालको एनआइसीयुमा विद्युतिय सर्टसर्किट भएर एक नवजात शिशु घाइते भएपछि आक्रोशित परिवारजन र जेनजी समूहका युवाहरुले अस्पतालको आकस्मिक कक्षमा आक्रमण गर्दै डा. दिलिप साहमाथि हातपात गरेका हुन् ।
बालकलाई तुरुन्तै थप उपचारका लागि धरान पठाइएको छ। सर्टसर्किटपछि आफू एनआइसीयुमा अनुगमन गरिरहेको बखत अचानक आएका उनीहरुले हातपात गरेको डा साहले जानकारी दिए।
आइतबार साँझ एनआइसीयु वार्डको विद्युतीय बल्ब सर्टसर्किट भएर झर्दा अस्पतालमा जन्मिएका रुपनी गाउँपालिका वार्ड नम्बर ३ निवासी हर्दियाकी रेखा यादवको बालकमाथि लागेर घाइते भएको हो ।
अस्पताल प्रशासनका अनुसार हातपात गर्नेलाई पक्राउ नगरिएसम्म अस्पतालका चिकित्सकहरूले इमर्जेन्सी सेवासमेत बन्द गरेर धर्ना दिन बाध्य हुने जानकारी दिएको छ।