काठमाडौं - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना मातहतका चिकित्सकलाई जेनेरिक नाममा मात्र औषधि सिफारिस गर्न निर्देशन दिएको छ।
प्रतिष्ठानले एक सूचना जारी गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा चिकित्सकहरुले औषधि सिफारिस गर्दा जेनेरिक नाममा मात्र सिफारिस गर्न निर्देशन दिएको हो। साथै स्वास्थ्य बीमा कार्यक्रममा समावेश बिरामीहरुलाई औषधि सिफारिस गर्दा कम्बाइन औषधि सिफारिस नगर्न पनि प्रतिष्ठानले भनेको छ।
जेनेरिक औषधि भनेको एउटै रासायनिक संघटन (केमिकल कम्पोजिसन) र प्रभाव भएको औषधि हो। जुन ब्राण्डको नाममा नभई वास्तविक वैज्ञानिक नाममा चिनिन्छ।