काठमाडौं - चितवनमा एकै दिन ३ जनामा स्क्रब टाइफस र १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
राप्ती नगरपालिकाको ३ जनामा स्क्रब टाइफस र रत्ननगर नगरपालिकाको १ जनामा डेंगु पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यो सँगै चितवनमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या ४११ र डेंगुको १७० जना पुगेको छ।
हालसम्म गरिएको ५ हजार ८१३ परीक्षणमध्ये ४११ जनामा स्क्रब टाइफस र ५ हजार ५०९ परीक्षणमध्ये १७० मा डेंगु देखिएको कार्यालयले जनाएको छ।