काठमाडौं - औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको रेक्सामोल औषधि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ।
विभागले एक सूचना जारी गरी क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधि न्यून गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो।
बजार अनुगमनको क्रममा संकलन गरिएका औषधि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधि न्यून गुणस्तर भएको पाइएको हो। उक्त ब्याज नम्बरको औषधिको औषधिलाई सिफारिस, बिक्रि वितरण तथा प्रयोग नगर्न पनि विभागले सबैमा आग्रह गरेको छ।