काठमाडौं - सर्पले टोक्दा बर्दियामा एक महिलाको मृत्यु भएको छ। राजापुर नगरपालिका ३ चैनपुरकी ३० वर्षीया महिलाको मृत्यु भएको हो।
आफ्नै घरमा पराल मिलाउने क्रममा उनलाई सर्पले टाकेको थियो। भेरी अस्पताल नेपालगञ्ज लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले हाल प्राकृतिक विपद्का कारण हुने मृत्यु, बेपत्ता र घाइतेहरुको अभिलेख राख्दै आएको छ। सोही प्राधिकरणका अनुसार सोही दिन सर्पको टोकाइका कारण सप्तरीमा १६ वर्षीय बालक घाइते भएका छन्।
महादेवा गाउँपालिका बस्ने उनी आफ्नै खेतमा धान काट्ने त्रममा सर्पले टोक्दा घाइते भएका हुन्। उनको हाल गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ।