काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आन्दोलनरत औषधि व्यवसायी संघको मागप्रति सकारात्मक देखिएको छ।
स्वास्थ्य सचिव डा विकास देवकोटाको नेतृत्वमा आज भएको करिब डेढ घण्टाको वार्तामा स्वास्थ्य मन्त्रालय आन्दोलित औषधि व्यवसायीको मागप्रति सकारात्मक देखिएको हो।
उक्त वार्तामा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई संशोधन गर्ने र ५ लाई हटाउने विषयमा छलफल भएको संघर्ष समितिका सदस्य सचिव शुभमान श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘आजको वार्ता एकदम सकारात्मक भएको छ। तर उहाँहरुबाट आधिकारिक रुपमा पत्र नआएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’
औषधि व्यवस्था विभागमा आज एक घण्टा धर्ना दिएको संघले भोलि पनि यसलाई निरन्तरता दिँदैछ। भोलि दुई घण्टासम्म विभागमा धर्ना दिइने संघले जनाएको छ।
धर्नाका तस्विर :



