काठमाडौं - सर्पको टोकाइका कारण महोत्तरीमा एक बालिकाको मृत्यु भएको छ। गौशाला नगरपालिका ११ भरतपुर खोरकी ४ वर्षीया बालिकाको सर्पको टोकाइका कारण मृत्यु भएको हो।
आफ्नै घर आँगनमा खेल्ने क्रममा सर्पले उनको खुट्टामा टोकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उनलाई उपचारका लागि जनसेवा अस्पताल बर्दिवासमा लगिएपछि उपचारको क्रममा मृत्यु भएको हो।