काठमाडौं - नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम र डिग्री प्रयोग नगर्न चिकित्सकलाई निर्देशन दिएको छ।
काउन्सिलले प्रेस विज्ञप्ति जारी गरी दर्तावाला चिकित्सकहरुलाई कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारका लागि आफ्नो नाम, फोटो तथा डिग्री साइनबोड, ब्रोसर, पम्प्लेट लगायत सामग्री प्रयोग नगर्न निर्देशन दिएको हो।
यी सामग्रीहरु राखी शैक्षिक परामर्श गरिरहेको भन्ने उजुरीको सम्बन्धमा ध्यानाकर्षण समेत भएको काउन्सिलले जनाएको छ।काउन्सिलको 'कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७' को बुँदा नं ५ए मा यो सम्बन्धी व्यवस्था रहेको काउन्सिलले जनाएको छ।
उक्त कोड अफ इथिक्समा उल्लेखित कुनै पनि बुँदाहरु उल्लंघन हुने कार्यहरु नगर्न र नगराउन काउन्सिलले सबै चिकित्सकलाई आग्रह गरेको छ। सो व्यवस्थालाई उल्लंघन गरे कानुन अनुसार सजाय हुने भएकाले सचेत रहन काउन्सिलले सबै चिकित्सकलाई गरेको छ।