चितवन - गत एक सातामा चितवनमा स्क्रब टाइफसका र डेंगुका ५ जना बिरामी भेटिएका छन्।
स्क्रब टाइफसका ३ र डेंगुका २ का जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। गएको कार्तिक महिनामा मात्र चितवनमा स्क्रब टाइफसका ७४ र डेंगुका ३२ जना बिरामी भेटिएका थिए।
पछिल्लो तीन वर्षमा चितवनमा स्क्रब टाइफसका १ हजार ६२९ र डेंगुका २ हजार ५३६ जना बिरामी भेटिएका थिए।