जुम्ला - जिल्ला अस्पताल हुम्लामा आधारभूत बायोमेडिकल एकाई (बायोमेडिकल वर्कशप) स्थापना भएको गरिएको छ। बायोमेडिकल उपकरणहरु मर्मतका लागि प्राविधिक जनशक्ति सहितको आधारभूत बायोमेडिकल एकाई स्थापना गरिएको हो।
निक साइमन्स इन्स्टिच्युट (एनएसआई) नामक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको एकाई सोमबार एक कार्यक्रमकाबीच अस्पताललाई हस्तान्तरण गरिएको छ।
निक साइमन्स इन्स्टिच्युटका इन्जिनियर सागर सिंह र स्वास्थ्य सेवा निर्देशनालयको प्रादेशिक बायोमेडिकल एकाईका फोकल पर्सन उत्तम पोखरेल लगायतको प्राविधिकहरु सहितको टिमले बायोमेडिकल एकाई तयार गरी अस्पताललाई हस्तान्तर गरेको हो। 
रक्तचाप नाप्ने सामान्य उपकरणहरुदेखि शल्यक्रियामा प्रयोग गरिने जटिल किसिमका उपकरणहरु समेत मर्मत गर्न सक्ने सुविधा सहितको आधारभूत बायोमेडिकल एकाई स्थापना भई सेवा समेत सुरु भईसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा उमाकान्त तिवारीले बताए।
विगतमा उपकरणहरुमा समस्या आउँदा सुर्खेत, काठमाडौंबाट इन्जिनियरहरु बोलाएर मर्मत गर्नु पर्दथ्यो। जसका कारण हप्तौसम्म सेवा अवरुद्ध हुने र बिरामीहरुले सास्ती भोग्नु समस्या थियो। उपकरण बिग्रेका कारण बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपरेकोमा अब धेरै सहज हुने विश्वास डा तिवारीको छ।