काठमाडौं - क्यान्सर सर्भाइभरसिप र पेडियाट्रिक प्यालेटिक केयर (बालिय प्रशामक सेवा) का सरोकारवालाको बैठक सम्पन्न भएको छ।
कान्ति बाल अस्पतालले आयोजना गरेको बैठक नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोग, रमेश गुप्ता मेमोरियल ट्रष्ट र वल्र्ड चाइल्ड क्यान्सरद्धारा संचालित परियोजना अन्तर्गत भएको थियो।
सर्भाइभरसिप अनुभव बाकेका बालबालिका, अभिभावक, स्वास्थ्य क्षेत्रका प्रमख व्यक्तिहरु लगायतले बैठकमा चुनौती तथा सहकार्यको विषयमा छलफल गरेका थिए।
बैठकमा उपस्थित विशेषज्ञहरुले नेपालमा क्यान्सर भएका तथा जीवन सीमित अवस्थाका बालबालिकाका लागि सहयोगी संरचना अझ सुदृढ बनाउन के कस्ता कदम चाल्न सकिन्छ भन्नेमा आफ्ना विचार राखेका थिए।