काठमाडौं - नेपाल चिकित्सक संघको उपाध्यक्ष पदका लागि डा एकानन्द सिंहले आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै डा सिंहले उपाध्यक्ष (मधेश प्रदेश संयोजक) का लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। डा सिंह किष्ट र मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सर्जनका रुपमा कार्यरत छन्।
नेपाली स्वास्थ्य क्षेत्रमा व्याप्त सिन्डिकेट कृपावादको अन्त्यका लागि आफुले उम्मेदवारी दिएको उनले बताएका छन्। संघको निर्वाचन आगामी माघ २ र ३ गते काठमाडौं बाहिर र १५, १६ र १७ गते काठमाडौं उपत्यकामा हुँदैछ।