काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले कन्या मन्दिर माध्यमिक विद्यालयलाई पाँच लाख रुपैयाँको आर्थिक सहयोग गरेकी छिन्।
विद्यालयको ७९ औँ अभिभावक दिवसको अवसरमा मन्त्री गौतमले पाँच लाख रुपैयाँको आर्थिक सहयोग गरेकी हुन्। आफुले सोही विद्यालयमा पढेर ज्ञान आर्जन गरेको भन्दै उनले त्यहाँ अध्ययनरत बालबालिकाको शिक्षाका लागि आर्थिक सहयोग गरिन्।
कार्यक्रममा उनले सबै बालबालिकालाई जीवनमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भन्दै पढाईमा ध्यान दिन आग्रह गरिन्। सामाजिक सञ्जालमा भन्दा अध्ययन र सृजनात्मक कार्यमा समय बिताउन उनको सुझाव थियो।