चितवन - चितवनमा एकै दिन स्क्रब टाइफस र डेंगुका ३ जना बिरामी भेटिएका छन्। स्क्रब टाइफसका २ र डेंगुका १ गरी चितवनमा ३ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
खैरहनी नगरपालिका र कालिका नगरपालिकामा १/१ गरी स्क्रब टाइफसका दुई र रत्ननगर नगरपालिकामा डेंगुका १ जना संक्रमित भेटिएका हुन्। यो सँगै चितवनमा स्क्रब टाइफस संक्रमितको संख्या ४४१ र डेंगुको संख्या १८० पुगेको कार्यालयले जनाएको छ।