काठमाडौं- नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत मंगलबार निर्वाचन हुँदैछ। स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा झलक शर्मा गौतम केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्। उनी स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन्।
स्वास्थ्यकर्मीहरुका विभिन्न संगठनको नेतृत्व गरेका उनी यसअघि एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष थिए। त्यहाँबाट बिदा भएकाले उनले एमाले केन्द्रीय सदस्यमा दाबी गरेका हुन्।
एमालेबाट स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका केही नेताहरु समेत प्रतिष्पर्धामा छन्। पूर्वस्वास्थ्य मन्त्रीमा लेखराज भट्टले उपमहासचिवमा उम्मेदवारी दिएका छन्। त्यसैगरी पूर्व स्वास्थ्य मन्त्रीद्वय खगराज अधिकारी, भानुभक्त ढकाल, पूर्वस्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सचिवमा उम्मेदवारी दिएका छन्।
पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र शेरबहादुर तामाङ केन्द्रीय सदस्यका उम्मेदवार छन्।