काठमाडौं- नेपाल चिकित्सक संघको केन्द्रिय कार्याकारिणी समितिका लागि आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा डा संयुक्त आचार्यले उम्मेदवारी दिने भएका छन्।
डा आचार्यले डा बद्री रिजाल नेतृत्वको टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्। आचार्य एनेस्थेसियोलोजिष्ट हुन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट एमडी अध्ययन गरेका डा आचार्य हाल नेपाल अर्थोपेडिक अस्पतालमा विभागीय प्रमुखका रुपमा कार्यरत छन्।
डा आचार्य स्पोर्टस इन्जुरी सर्टिफाइड (लेभल २) फिजिसियन हुन् भने उनी एन्टिडोपिङ इन्टिलिजेन्स एन्ड इन्भेस्टिगेसन सर्टिफाइड चिकित्सक पनि हुन्। उनले नेपालमा मेडिकल कलेजमा १२ वर्षसम्म काम गरेका छन्।
संघको निर्वाचनका लागि डा रिजाल नेतृत्वको टिमबाट वरिष्ठ उपाध्यक्षमा डा सन्जिब तिवारी, महासचिवमा डा विश्वराज दवाडीले उम्मेदवारी दिने छन्।
चिकित्सक संघको निर्वाचन यही माघ २ र ३ गते काठमाडौं बाहिर र माघ १५, १६ र १७ गते काठमाडौं उपत्यकामा हुँदैछ।