काठमाडौं - डा बुद्धिनाथ साहले नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा दाबी गरेका छन्। सुरक्षित, सम्मानित, सक्षम चिकित्सक अनि सहज सहयोगी, सशक्त काउन्सिल भन्ने नारा सहित उनले सदस्यमा दाबी गरेका हुन्। आफुले सदस्यका लागि दाबी गर्नुका १० वटा आधार सहित एजेण्डा उनले सार्वजनिक गरेका छन्।
१. चिकित्सकहरूको दर्ता, प्रोभिजनल दर्ता, गुड स्यट्यान्डिङ्ग लगायत प्रक्रिया सेवाग्राही चिकित्सकलाई सहज सहयोगी वातावरणमा द्रुतगतिमा प्रदान गरिने व्यवस्था। आफ्नो कामको काम प्रक्रिया कता सम्म पुग्यो भनेर अनलाइन सजिलै बुझ्न सकिने। अनि अफिसमा सम्पर्क गर्दा सहयोगी स्टाफ द्वारा उचित सम्मानपूर्वक तरिकाले सूचना लिन सकिने व्यवस्था गराउने अनि सम्बन्धित स्टाफलाई पनि पेशागत अभिमुखीकरण गर्ने।
२. अस्थाई दर्ताको व्यवस्था हटाउन पहल गर्ने अनि लाईसेन्स परीक्षा उत्तीर्ण गरेपछि एकै चोटी परमानेन्ट रेजिस्ट्रेशन सर्टिफिकेट दिने प्रावधान गर्ने पहल गर्ने।
३. चिकित्सा पेशासँग सम्बन्धित गम्भीर गुनासो÷उल्लङ्घनबारे सम्बन्धित विषयका विज्ञ समूहको छानबिन समितिको प्रतिवेदन हेरेर निष्पक्ष निर्णय गर्ने गराउने पहल गर्ने अनि कानुन र विधि सम्मत बिना कुनै प्रभाव वा दबाब दोषि देखिए कारबाही सजाय गर्नुपर्नेमा जोड दिने।
४. फेलोसिप, सिपीडीका नीतिगत ढाँचामा सुधार गरी राजधानी बाहिरका सहरहरूको मेडीकल कलेज अनि प्रादेशिक अस्पतालहरुमा पनि लागू गर्ने गराउने व्यवस्थाको लागि पहल गर्ने।
५. ट्रिटमेन्ट गाइडलाइन बनाउन व्यावसायिक समाजलाई सहजीकरण गर्ने अनि स्वास्थ्य मन्त्रालयसंग निर्देशिका लागू गर्न समन्वय गर्ने।
६. बिरामी वा चिकित्सक बिचमा बढ्दै गएको अविश्वासको वातावरण, मतभेद वा बिरामी कुरुवाहरुबाट हुने हुल हुज्जत, आक्रमणको अवस्थालाई निराकारण गर्ने नियम निर्माण, कार्यान्वयन, अभ्यास अनि नियमनमा सक्रिय सहभागिता। यो सम्बन्धमा सम्बन्धित निकायहरुसंग उचित सशक्त समन्यव गर्ने गराउने।
७. चिकित्सकहरुमाथि लापरबाहीको आरोप लाग्दा पत्रपत्रिकामा बिना सुनुवाई दोषि करार गरी जथाभावी छापिने समाचारहरुलाई नियन्त्रण अनि नियमन गर्ने संयन्त्र प्रभावकारी बनाउन पहल गर्ने। चिकित्सक सम्बन्धी प्रारम्भिक उजुरी वा सुनुवाई उपभोक्ता समितिकोभन्दा पहिला नेपाल मेडिकल काउन्सिलको सम्बन्धित विषयको विज्ञ टोलीद्वारा निष्पक्ष छानबिन गरिने व्यवस्था गरिने, अनि प्रतिवेदनको आधारमा कारबाहीको लागि प्रक्रिया अगाडि बढाउने।
८. विकेन्द्रित (प्रादेशिक स्तर) मा काउन्सिलको सेवा सुविधा, प्रविधिमैत्री, सहज, सहयोगी अनि पारदर्शी तबरले प्रदान गर्ने व्यवस्थामा जोडदिने।
९. लाईसेन्स परीक्षा स्तरीय, एकरूपता, प्रदेशस्तरमै गराउने व्यवस्था गरेर परीक्षार्थीहरुको समय, तनाव, खर्चको भार काम गराउने व्यवस्था गरिने।
१०. काउन्सिलमा आफ्नो काम कर्तव्यमा समझदारी, ईमान्दारी, खबरदारी, जिम्मेवारी पूर्ण रूपमा निभाउने।