काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले इण्डियन फर्माकोपिया कमिसनको भ्रमण गरेकी छिन्।
भारतको नयाँ दिल्लीमा जारी दोस्रो डब्लुएचओ ग्लोबल समिट अन ट्रेडिस्नल मेडिसिनमा सहभागी हुने क्रममा मन्त्री गौतमले उक्त कमिसनको भ्रमण गरेकी हुन्। उनले कमिसनको अत्यधुनिक प्रयोगशालाको निरीक्षण गर्नुका साथै भारतको औषधि नियामक संरचना र कार्यविधिको बारेमा त्यहाँका पदाधिकारीसँग छलफल गरेकी छिन्।
नेपालको औषधि व्यवस्था विभागलाई म्याचुरिटी लेभल ३ को अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्न राष्ट्रिय औषधि प्रयोगशालालाई स्टेट अफ द आर्टको रुपमा विकास गर्न आवश्यक पर्ने प्राविधिक सहकार्यका क्षेत्रहरु पहिचान गर्ने विषयमा समेत छलफल भएको छ।