काठमाडौं — नेपाल चिकित्सक संघ (एनएमए) को १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन प्यानलले उम्मेदवारी दिएका छन्।
आगामी निर्वाचनका लागि डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको हो।
डा. रिजालको तर्फबाट वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दुवाडी रहेका छन् भने कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल रहेका छन्।
प्रादेशिक संयोजकसमेत उपाध्यक्षमा कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, वागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. नवराज लम्दारी, लुम्बिनीमा डा. नन्द गुरुङ र सुदूरपश्चिमः डा. प्रमोद जोशी रहेका छन्।
त्यसैगरी सदस्यहरूमा डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. हिमाल भण्डारी रहेका छन्।
डा. रावल नेतृत्वको टिमका उम्मेदवारहरूमा वरिष्ठ उपाध्यक्षमा डा. किर्तीपाल सुवेदी र महासचिवमा डा. कालुसिंह खत्री रहेका छन्। कोषाध्यक्षमा डा. चाँदनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ रहेका छन्।
प्रादेशिक संयोजकसमेत उपाध्यक्षमा कोशीमा डा. टंक बाराकोटी, मधेशमा डा. उदय नारायण सिंह, वागमतीमा डा. अरुण शाही, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. सन्तोष पोखरेल, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. निरज अर्याल रहेका छन्।
त्यसैगरी सदस्यहरूमा डा. अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेविना अन्सारी, डा. दीक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ रहेका छन्।
डा. नारायण भुषालको टिममा अध्यक्षमा डा. नारायण भुषाल, वरिष्ठ उपाध्यक्षमा डा. अजयकुमार मिश्र, महासचिवमा डा. अमित भुषाल र सहसचिवमा डा. सन्तोष अधिकारीले उम्मेदवारी दिएका छन्।
प्रादेशिक संयोजकसमेत उपाध्यक्षमा कोशीमा डा. हरिशंकर कार्की, मधेशमा डा. मोहम्मद आनामुल हक, वागमतीमा डा. एकानन्द सिंह, लुम्बिनीमा डा. लक्ष्मण शर्मा र कर्णालीमा डा अनुप समाल रहेका छन्।
त्यसैगरी सदस्यहरूमा डा. विजयकुमार शाह, डा. शेषराज घिमिरे, डा. विनोदकुमार महाशेठ, डा. जीवन क्षेत्री, डा. भवानी शिल्पकार र डा. आरती शाह रहेका छन्।