काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले पदबाट राजीनामा दिएका छन्। उनले नेपाल मेडिकल एशोसिएसनको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि ट्रमा सेन्टरको जिम्मेवारीबाट अलग भएका हुन्।
डा. रिजालले पेशागत मर्यादा र निष्पक्षता कायम राख्ने उद्देश्यले मेसु पदबाट राजीनामा दिएको बताएका छन्। संघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने ठहरसहित उनले राजीनामा बुझाएका हुन्।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रहँदा डा. रिजालले आपतकालीन तथा ट्रमा सेवाको सुदृढीकरण, व्यवस्थापकीय सुधार र सेवा प्रवाह प्रभावकारी बनाउने प्रयास गरेका थिए।