भक्तपुर- राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको नेतृत्व परिवर्तन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माको मन्त्रीस्तरीय निर्णयबाट एघारौँ तहका प्रमुख जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेल केन्द्रको निर्देशकमा नियुक्त भएका हुन्।
नवनियुक्त निर्देशक डा. पौडेलले बुधबार केन्द्रमा पुगेर आफ्नो कार्यभार सम्हालेका छन्।
गत २५ मंसिरमा भएको निर्णयअनुसार डा. पौडेललाई केन्द्रको जिम्मेवारी दिइएको हो। यसअघि केन्द्रका निर्देशक रहेका डा. श्रीराम तिवारीलाई भने वीर अस्पतालमा सरुवा गरिएको छ।