काठमाडौं - नेपाल मेडिकल काउन्सिलको मतदान भेरी र सेती प्रादेशिक अस्पतालमा स्थगन गरिएको छ।
प्राविधिक कारणवश भेरी र सेती प्रादेशिक अस्पतालमा रहेको मतदान केन्द्रको मतदान स्थगन गरिएको हो। मतदानको मिति अर्को सूचना मार्फत जानकारी गराइने काउन्सिलले जनाएको छ।
काउन्सिलको निर्वाचन काठमाडौं बाहिर हिजोदेखि सुरु भएको हो। यसका लागि २१ मतदान केन्द्र तोकिएको छ। काठमाडौं भित्र पुष ११ र १२ गते निर्वाचन हुँदैछ। काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन भएको हो।