काठमाडौं - नेपाल फार्मेसी परिषदले ३० औँ नाम दर्ता परीक्षा सञ्चालनका लागि आवेदन खुला गरेको छ।
परिषदले एक सूचना जारी गरी परीक्षामा सहभागी हुन आजदेखि माघ ५ गतेसम्म फारम भर्ने सकिने जनाएको छ। डिप्लोमा इन फार्मेसीको परीक्षामा सहभागी हुने परीक्षार्थीले पासपोर्ट साइजको फोटो, एसएलसीको सबै प्रमाणपत्र, नागरिकता, प्रमाणपत्र तहको सबै प्रमाणपत्र, समानस्तर निर्धारणपत्र र पाठ्यक्रममा तोके बमोजिमको इन्टर्नशिपको प्रमाण पेश गर्नुपर्नेछ।
ब्याजलर इन फार्मेसीमा सहभागी हुने परीक्षार्थीले माथिका सबै कागजात सहित स्नातक तहको सबै प्रमाणपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
काउन्सिलले परीक्षा शुल्क ३ हजार रुपैयाँ तोकेको छ। उल्लेखित कागजातहरु अपुग भएको खण्डमा दरखास्त रद्द हुने काउन्सिलले जनाएको छ। फारम सम्बन्धी अन्य थप जानकारी नेपाल प्रेस काउन्सिलको आधिकाकि वेबसाइडमा राखिएका छन्।
