काठमाडौं - भेरी र सेती प्रादेशिक अस्पतालमा स्थगन गरिएको नेपाल मेडिकल काउन्सिलको मतदान भोलि हुने भएको छ।
काउन्सिलले एक सूचना जारी गरी भेरी र सेती प्रादेशिक अस्पतालमा तोकिएको मतदान केन्द्रको भोलि पुनः मतदान हुने जनाएको छ।विधिक कारण देखाउँदै काउन्सिलले यी केन्द्रमा आज हुने मतदान स्थगत गरेको थियो। मतदान बिहान ९ बजेदेखि ४ बजेसम्म हुनेछ।
काउन्सिलको निर्वाचन काठमाडौं बाहिर हिजोदेखि सुरु भएको हो। यसका लागि २१ मतदान केन्द्र तोकिएको छ। काठमाडौं भित्र पुष ११ र १२ गते निर्वाचन हुँदैछ। काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन भएको हो।