काठमाडौं - आज तराई क्षेत्रका धेरै ठाउँहरुमा हुस्सु र कुहिरो लागेको छ। कोशी र मधेश प्रदेशमा दिउँसो सामान्य सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी तराईमा भने अपरान्हसम्म सुधार हुने संभावना छ।
हुस्सु र कुहिरोको प्रभावले तराई भू भागको दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म कम पारदर्शिता हुँदा हुस्सु भनिन्छ।