काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशालाका परीक्षणहरु हप्ताको सातै दिन २४ सैँ घण्टा उपलब्ध गराउने व्यवस्था गरेको छ।
बिरामीको उपचारमा थप सहजता ल्याउन भन्दै प्रतिष्ठानले प्रयोगशालाका सबै परीक्षणहरु साताभर २४ सैँ नै उपलब्ध गराउने व्यवस्था गरेको हो।
अटोमेटिक/सेमी अटोमेटिक/टिक बेस्ड प्रविधि मार्फत प्रयोगशालामा परीक्षण नमुना प्राप्त भएदेखि इमरजेन्सी तथा इएचएस सेवाका २ घण्टाभि रिपोर्ट उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ। यस्तै, ओपिडी तथा आइपिडीका बिरामीहरुको रिपोर्ट ३ घण्टामा उपलब्ध गराइनेछ।
हाल सञ्चालनमा रहेका इमरजेन्सी ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी सेन्ट्रल ल्याब मार्फत आइतबारदेखि सेवा सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ। यसअघि इमरजेन्सी ल्याबबाट सीमित प्रकारका परीक्षणहरु मात्र उपलब्ध हुँदै आएको थियो।
उक्त व्यवस्थाबाट रुटिन र इमरजेन्सी ल्याबमा छुट्टा छुट्टै नमुना पठाउनुपर्ने दोहोरो प्रक्रिया अन्त्य हुने, वार्ड राउण्डको समयमा बिरामीहरुको प्रयोगशाला रिपोर्ट समयमै र सहज रुपमा उपलब्ध हुने प्रतिष्ठानको अपेक्षा छ।