काठमाडौं - औषधि व्यवसायी संघ काठमाडौंले दुई दिने कुशल फार्मेसी अभ्यास तालिमको आयोजना गर्ने भएको छ।
कुशल फार्मेसी अभ्यास, प्रतिष्ठा बढाउने प्रयास भन्ने मर्म सहित संघले तालिमको आयोजना गर्न लागेको हो। यही पुस २५ र २६ गते काठमाडौंमा हुने तालिमको पहिलो सेशनमा ३० जनालाई सहभागी गराइने महासचिव शुभमान श्रेष्ठले जानकारी दिए।
औषधि व्यवस्था विभागको प्रत्यक्ष निगरानीमा उक्त व्यवसायीहरुलाई कुशल फार्मेसी अभ्यास गराउन तालिमको आयोजना गरिएको उनले बताए। उक्त तालिममा सहभागी हुने चाहनेले ८ हजार ५ सय शुल्क तोकिएको छ।
दोस्रो सेशनको तालिम माघमा सञ्चालन गरिने संघले जनाएको छ। तालिममा सहभागी हुने व्यवसायीहरुलाई प्राविधिक सहयोग समेत उपलब्ध गराइने संघले जनाएको छ। औषधि व्यवसायलाई थप मर्यादित र त्रुटिरहीत बनाउन यस किसिमको तालिमको महत्व हुने संघको भनाई छ।