काठमाडौं - तराई मधेशमा अत्यधिक चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले तीन दिन पठनपाठन स्थगित गरेको छ।
बढ्दो प्रतिकुल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै महानगरपालिकाले सबै विद्यालयहरुमा पठनपाठन स्थगित गरेको हो।
वर्षे बिदाबाट कट्टा हुने गरी महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म सबै विद्यालयहरुमा पढाई स्थगित गरेको जनाएको छ। पुस ११ गते शैक्षिक क्यालेन्डरमा सट्टा बिदा राखिएकाले १३ गते आइतबारबाट मात्र विद्यालय सञ्चालन हुने महानगरले जनाएको छ।