काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म तराईको अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने जनाएको छ।
तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु र कुहिरो आगामी तीन दिनसम्म पनि सुधार नहुने महाशाखाले जनाएको छ। आगामी तीन दिन मौसममा उल्लेख्य सुधार नहुने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने देखिएको छ।
साथै यी क्षेत्रमा आवश्यकता सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।