काठमाडौं - भरतपुर अस्पतालले क्रिसमस र तुम ल्होसारमा आधा दिन ओपिडी/ओटी सेवा सञ्चालन गर्ने भएको छ।
अस्पतालले एक सूचना जारी गरी पुस १० गते परेको क्रिसमस र १५ गते तमु ल्होसारको दिन दिउँसो १ बजेसम्म ओपिडी/ओटी सेवा खुला रहने जनाएको छ।
टिकट बिहान ८ देखि ११ बजेसम्म खुल्नेछ। अन्य सेवाहरु २४ सैँ घण्टा यथावत चालु रहने सूचनामा उल्लेख गरिएको छ।