काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा विपरित निजी अस्पतालमा लैजाने एम्बुलेन्सलाई कारबाही गरिने चेतावनी दिएको छ।
एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरित कुनै पनि लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेको पाइए कारबाही हुने मन्त्रालयले चेतावनी दिएको हो।
हाल केही एम्बुलेन्सहरुले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा वा अस्पतालको निर्देशन बिना निजी तथा महँगा अस्पतालहरुमा लैजाने गरेको गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ।
एम्बुलेन्स चालकहरुलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रुपमा लैजान मन्त्रालयले निर्देशन समेत दिएको छ। कसैले उक्त निर्देशिका विपरित काम गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।