चितवन - चितवनमा स्क्रब टाइफस र डेंगुको संक्रमण घट्न थालेको छ। कार्तिकको तुलनामा मंसिरमा स्क्रब टाइफस र डेंगुको संक्रमण घट्न थालेको जनस्वास्थ्य कार्यालय चितवनको तथ्यांकले देखाएको छ।
मंसिरमा स्क्रब टाइफसका २९ र डेंगुका १८ जना बिरामी भेटिएका छन्। यसअघि कार्तिकमा मात्रै स्क्रब टाइफसका ७४ र डेंगुका ३२ जना बिरामी भेटिएका थिए।
यस वर्षको साउनमा २८, भदौमा २८, असोजमा ३४, कार्तिकमा ३२ र मंसिरमा १८ जना डेंगुका बिरामी भेटिएका छन्। सोही अवधिमा स्क्रब टाइफसका बिरामी साउनमा ६८, भदौमा ९५, असोजमा ११७, कार्तिकमा ७४ र मंसिरमा २९ जना बिरामी भेटिएका छन्।
बिरामीको संख्यामा कमी आएपनि संक्रमणको जोखिम भने कायमै रहेको कार्यालयले जनाएको छ।