काठमाडौँ- बिहीबार क्रिश्चियन धर्मावलम्बीहरूको पर्व क्रिसमस–डे का अवसरमा सार्वजनिक बिदा भए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको बाहिरंग (ओपीडी) सेवा नियमित रूपमा सञ्चालन हुने भएको छ।
अस्पताल प्रशासनका अनुसार क्रिसमस–डेको सार्वजनिक बिदाका दिन पनि बिरामीहरूको सेवामा कुनै असहज नहोस् भन्ने उद्देश्यले ओपिडी सेवा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिनेछ।
अस्पतालले सेवा लिन चाहने सबै बिरामी तथा सेवाग्राहीलाई तोकिएको समयभित्र उपस्थित हुन अनुरोध गरेको छ। प्रशासनले सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
