पाल्पा - पाल्पा मिसन अस्पताल, तानसेनले अर्थोपेडिक सर्जनका लागि प्रकाशित गरेको विज्ञापनलाई लिएर विवाद उत्पन्न भएको छ। अस्पतालले नवौं तहको कन्सल्ट्यान्ट सरहको योग्यता आवश्यक पर्ने अर्थोपेडिक सर्जनलाई आठौं तहको ‘मेडिकल अधिकृत’का रूपमा नियुक्ति गरी सेवासुविधा दिन खोजेको भन्दै श्रमशोषणको आरोप लागेको हो।
हालै सार्वजनिक गरिएको विज्ञापनअनुसार अस्पतालले एक जना अर्थोपेडिक विषयको पोस्टग्राजुएट उत्तीर्ण चिकित्सक (एनएमसी विशेष दर्ता पास) लाई ‘मेडिकल अधिकृत (Orthopedics)’ पदमा करार सेवामा लिन खोजेको छ। विज्ञापनमा तलब–भत्ता आठौं तह अनुसार तोकिएको छ, जसलाई असंगत र अन्यायपूर्ण भएको बताइको छ।।
अर्थोपेडिक सर्जन भनेको विशेषज्ञ चिकित्सक हो, जसलाई सरकारी मापदण्डअनुसार नवौं तहको कन्सल्ट्यान्ट सरह मानिन्छ। तर सोही स्तरको योग्यता मागेर तल्लो तहको पद र सेवासुविधा तोक्नु श्रमशोषणको स्पष्ट उदाहरण भएको उनीहरूको भनाइ छ।
विशेषज्ञ चिकित्सकबाट सामान्य मेडिकल अधिकृत सरह काम गराउने र सुविधा दिने प्रवृत्तिका विषयमा सम्बद्ध संघ/संस्थाले विरोध गर्दै आएका छन्।
