काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले सिंहदरबार वैद्यखानाको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताएकी छिन्।
आज वैद्यखानाको निरीक्षण गर्दै मन्त्री गौतमले त्यहाँ रहेका समस्या समाधानका लागि हरसंभव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
निरीक्षणका त्रममा वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले वैद्यखानाका समस्या, समाधानका उपाय र व्यावसायिक गतिविधिका बारेमा मन्त्री गौतमलाई जानकारी गराएका थिए।
निमित्त कार्यालय प्रमुख बन्ने होडबाजीले आयुर्वेदका सबै संस्था धराशयी बनिरहेको विषय पनि वैद्यखानाले उठाएका छन्।