काठमाडौं - नेपाल औषधि व्यवसायी संघको ५२ औँ साधारण सभा चितवनमा सुरु भएको छ। आज र भोलि गरी दुई दिनसम्म चल्ने साधारण सभा चितवनको सौराहामा सुरु भएको हो।
साधारण सभामा संस्थाको समस्या, विकास र आगामी योजनाका बारेमा छलफल गरिने संघले जनाएको छ। साधारण सभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, बिहार केमिष्ट्स एण्ड ड्रगिस्ट्स एशोसिएसन भारतका महासचिव प्रभाकर कुमाुर, नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष रितेश रिमाल लगायतको उपस्थिति थियो। सभामा २७५ बढीको सहभागिता थियो।
२०३० सालमा स्थापना भएको संघमा हाल ३० हजार औषधि व्यवसायी आवद्ध छन्।