काठमाडौं - तमु धिं नेपालले दश जना बिरामीलाई स्वास्थ्य उपचारका लागि साढे २ लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ।
तमु ल्होछारको अवसरमा तमु धिं नेपालले मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट दश जना बिरामीलाई जनही २५ हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो।
आर्थिक अभावले औषधी उपचारमा समस्या भोगिरहेका बिरामीहरुलाई सहजताका लागि सहयोग गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए।

आर्थिक सहयोग पाउनेहरुमा पोखरा, तनहुँ, स्याङजा, लमजुङ, बाग्लुङ जिल्लाका बिरामी छन्। गुरुङ समुदायले यही पुस १५ गते तमु ल्होछार पर्व भव्यताका साथ मनाउँदैछन्।