काठमाडौं - नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं उपत्यकाको मतदान पनि सकिएको छ। शुक्रबार र शनिबार दुई दिन मतदान गरिएको थियो।
काउन्सिलका रजिस्ट्रार डा सतिश देवका अनुसार उपत्यका र बाहिर गरी जम्मा मत ११ हजार ९ सय २२ खसेको छ।
एक उपाध्यक्षका लागि ३ जना र ८ सदस्यका लागि ३३ जना उम्मेदवार छन्।
यसअघि काउन्सिलको निर्वाचन काठमाडौं उपत्यका बाहिर सम्पन्न भइसकेको छ।
काउन्सिलको निर्वाचनका लागि देशभर २१ मतदान केन्द्र तोकिएको थियो। काठमाडौं उपत्यकाभित्र हुने निर्वाचनका लागि पुस ११ र १२ गतेको मिति तय गरिएको छ।