काठमाडौं - अत्यधिक चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने भन्दै महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालय थप दुई दिन बन्द गर्ने निर्णय गरेको हो।
वर्षे विदाबाट कट्टा हुने गरी पुस १३ र १४ गते जाडो बिदा थप गरिएको महानगरले जनाएको छ। पुस १५ गते तमु ल्होसारका दिन सार्वजनिक विदा रहेकाले पुस १६ गतेबाट विद्यालय सञ्चालन हुने महानगरले जनाएको छ।