काठमाडौं - देशको तराई भू-भागमा आज हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएपनि तराईमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको हो।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा भने हल्का वर्षा तथा हिमपातको संभावना छ।
तराईमा अत्यधिक चिसो बढ्दै गएपछि त्यहाँका स्थानीय तहहरुले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै विद्यालयहरु बन्द गरिरहेका छन्।