भक्तपुर- शनिबार भक्तपुरमा छाती रोग सम्वन्धी निःशुल्क शिविर भएको छ। शिविरमा झण्डै दुई सय जनाको निःशुल्क एक्सरे परीक्षण गराएका छन्।
राष्टिय क्षयरोग नियन्त्रण केन्द्र र जन्त्र नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोग, लायन्स क्लव अफ भक्तपुर नमस्तेको सहकार्य तथा एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा निःशुल्क एक्सरे भएको हो। त्यसका लागि एकजना चिकित्सक डाक्टर प्रमोद भटराईसहित तीनजना नर्सहरु, एकजना रेडियोग्राफरसहित दर्जन स्वयससेवकहरुले सेवा दिएका थिए।
निःशुल्क एक्सरेमा स्थानीयबासी, स्कुलका शिक्षक कर्मचारीहरुलगायत अन्य विभिन्न ठाउँंहरुबाट सेवा लिन आएको लायन्स क्लव अफ भक्तपुर नमस्तेका अध्यक्ष लायन्स रोहन रञ्जितले जानकारी गराए। टोलमा क्षयरोग संक्रमणको समस्या विकराल देखिएको आशंकामा सेवा दिन पुगेको उनले जनाए। परीक्षणपछि क्षयरोगको शंका लागेकाहरुका लागि खकार संकलन पनि गरिएको थियो। पोजेटिभ देखिए उनीहरुलाई उपचारका लागि रिफर गरी पठाउने जनाइयो।