काठमाडौं - नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना सुरु भएको छ। काउन्सिलका रजिस्ट्रार डा सतिश देवका अनुसार जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको हलमा मतगणना सुरु भएको हो। मतगणनाका लागि दुई दिन लाग्ने उनले जानकारी दिए ।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९ सय २२ मत खसेको छ। तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत खसेको छ भने उपत्यका बाहिर ६ हजार ८ सय ४६ मत खसेको हो। काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौंं बाहिर पुस ४ र ५ गते तथा काठमाडौं उपत्यकामा पुस ११ र १२ गते निर्वाचन भएको थियो।