काठमाडौं - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ।
बिरामीहरुलाई सुलभ तथा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यका साथ शुक्रबारदेखि प्रतिष्ठानको फार्मेसी सञ्चालनमा आएको हो।
प्रतिष्ठानका उपकुलपति प्राडा बिक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्राडा संजिव कुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा जगत नारायण प्रसादले विधिवत औपचारिक रुपमा फार्मेसी सञ्चालमा ल्याएका थिए।
अस्पतालको फार्मेसीमा बिरामीहरुले सुपथ मूल्यमा औषधिहरु पाउने हुँदा सबै बिरामीहरुलाई यसै फार्मेसीबाट औषधि खरिद गर्न प्रतिष्ठानले आग्रह गरेको छ।