काठमाडौं - साढे ८ महिनाको अवधिमा सर्पदंशका कारण ९६ जनाको मृत्यु भएको छ। वैशाख १ देखि हालसम्म सर्पदंशका कारण देशभर ९६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सोही अवधिमा ४८७ जना घाइते भएका थिए। प्राधिकरणले हाल बाढी पहिरोसँगै सर्पदंश, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरुको अभिलेख राख्दै आएको छ।